बर्दगोरिया गाउँपालिकाको बजेट एक अर्ब दुई करोड

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि एक अर्ब दुई करोड ९१ लाख रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
उपाध्यक्ष गणेशराज गिरी ९लालदीप० ले गाउँ सभामा बजेट प्रस्तुत गर्नुभयो । बर्दगोरियाले चालुतर्फ ३४ करोड ३९ लाख, पुँजीगततर्फ ४१ करोड ५२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यस्तै, सामाजिक सुरक्षातर्फ २७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
अर्ब बढी बजेट प्रस्तुत गरेको बर्दगोरियाको आन्तरिक आम्दानी भने तीन करोड ६९ लाख रुपियाँमात्रै रहेको छ । यसैगरी, अरु आयस्रोतमा राजस्व बाँडफाँट १० करोड ७८ लाख रुपियाँ रहेको छ ।
यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सङ्घीय सरकारबाट ५२ करोड २७ लाख रुपियाँ प्राप्त हुने जनाइएको छ । त्यस्तै, प्रदेशको वित्तीय हस्तान्तरण पाँच करोड ७० लाख र सामाजिक सुरक्षाका लागि २७ करोड रुपियाँ प्राप्त हुने जनाइएको छ ।
गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानीलाई बढी प्राथमिकता दिएको अध्यक्ष कर्णबहादुर कुँवरले बताए। उनले गाउँपालिकाको कार्यालयले ग्रामीण क्षेत्रमा अलि बढी विकासको काम गरेको उल्लेख गर्दै बौनियाँ बजारलाई पनि व्यवस्थित गर्ने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया