मिस नेपाल २०२५ को आवेदन खुल्ला

काठमाडौं– मिस नेपाल २०२५ को आवेदन खुल्ला गरिएको छ । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था दि हिडेन ट्रेजरले आफ्नो वार्षिकोत्सवको थप उत्सव स्वरुप प्रतीक्षित मिस नेपाल २०२५ का लागि आवेदन खुला गरेको जनाएको छ ।
देश–विदेशमा रहेका इच्छुक युवतीहरूलाई यस प्रतिस्पर्धामा सहभागी हुन आवेदन दिन आह्वान गरिएको छ । मिस नेपाल २०२५ मा आवेदन दिने अन्तिम मिति २०८२ असार २६ गते ९२०२५ जुलाई १० रहेको छ ।
मिस नेपाल २०२५ को ग्राण्ड फिनाले २०८२ भदौ १४ गते शनिवार ९२०२५ अगस्ट ३०० गोदावरीस्थित सनराइज सन सेन्टरमा सम्पन्न हुने तय गरिएको छ । यस भव्य कार्यक्रमले सौन्दर्य प्रतिभा उद्देश्य र गरिमाको मनमोहक प्रदर्शन गर्नेछ । फिनाले कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
यसैबीच, हालैमात्र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका विजेताहरूले आफ्नो सराहनीय प्रदर्शन पश्चात स्वदेश फर्किएका छन् । मिस नेपाल इन्टरनेशनल २०२४ करुणा रावतले २०२४ नोभेम्बर १२ मा टोकियो जापानमा आयोजित मिस इन्टरनेशनलमा भाग र्लिएकी थिइन् । मिस नेपाल अर्थ २०२४ सुमना केसीले नोभेम्बर २ मा मनिला, फिलिपिन्समा सम्पन्न मिस अर्थ प्रतियोगितामा सहभागिता जनाउँदै सस्टेनेबल ड्रेस विधामा उपाधि जित्न सफल भएकी थिइन् ।
त्यस्तै, मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानले २०२५ मे ३१ मा हैदराबाद, भारतमा सम्पन्न ७२ औं मिस वर्ल्डमा सहभागिता जनाइन् । उनीहरूले आफ्नो सहभागिता र उपस्थितिमार्फत देशको गौरव बढाएको आयोजक संस्थाको भनाइ छ ।
मिस नेपाल २०२५ मा सहभागी हुन चाहने उम्मेदवारको लागि न्यूनतम उचाइ ५ फिट ३ इञ्च तथा उमेर १८ देखि २७ वर्षको बीचमा हुनु पर्नेछ । आवेदकले नेपाली नागरिकता लिनु अनिवार्य छ । दर्ता निःशुल्क रहेको छ ।
यस वर्षको प्रतियोगिताबाट चार विजेता घोषणा गरिने छ– मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मोको लागि छानिने छन् । मिस कोस्मो इन्टरनेशनल, जुन एक विश्व प्रसिद्ध प्रतियोगिता हो, यसमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ । मिस कोस्मो इन्टरनेशनल तथा वर्तमान मिस कस्मो २०२४ पनि मिस नेपाल २०२५ को फाइनलको समयमा यहाँ उपस्थित रहने अपेक्षा गरिएको छ ।
दि हिडेन ट्रेजरले बर्जर पेन्ट्स र श्री नटराज ज्वेलर्सलाई सह–प्रायोजकको रूपमा स्वागत गर्दै हार्दिक आभार प्रकट गरेको छ । साथै श्री नटराज ज्वेलर्स यस वर्षदेखि मिस नेपालको क्राउनिङ पार्टनरसमेत बनेको छ । ‘हामी सबै सब–टाइटल प्रायोजकहरू, साझेदारहरू तथा सहयोगीहरूलाई निरन्तर अमूल्य साथ र योगदानको लागि धन्यवाद ज्ञापन गर्दछौं, पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मिस नेपाल २०२५ को खोजी देशका विभिन्न शहरहरूमा गरिने छ, जसमा विर्तामोड, नेपालगञ्ज र जनकपुर प्रमुख छन् । यसै अवधिमा काठमाडौंका १० वटा कलेजहरूमा मिस नेपाल Activation Campaign सञ्चालन गरिने छ । अन्तिम अडिसन २०८२ सार २८ गते ९२०२५ जुलाई १२० काठमाडौंमा हुनेछ । छनौट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेको तयारीका लागि तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया