कञ्चनपुरमा मोटरसाइकल र अटो ठोकिदा एकको मृत्यु, तीन जना घाइते
शनिबार असार २१, २०८२/ Saturday 07-05-25
Paschim Today

धनगढी : कञ्चनपुरमा मोटरसाइकल र अटो ठोकिदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको पुनर्वास नगरपालिका–१ शंशुवर्मास्थित हुलाकी राजमार्गमा दुर्घटना भएको हो।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्व आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटोसँग ठोकिएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतिबस्तीका ५० वर्षीय अटो चालक दान सिंह गम्भीर भाइते भएका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका छन।
प्रहरीका अनुसार मोटरसाइकल चालक ‘घ’ गाउँका २७ वर्षीय महेन्द्र शाही, मोटरसाइकलमा सवार २९ वर्षीय कालु शाही र अटोमा सवार २८ वर्षीय गोविन्द सिंह घाइते भएका छन्। महेन्द्र र गोविन्दको माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। कालुको स्थानीय पोलिक्लिनिकमा उपचार जारी रहेको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया