दशरथ रंगशालामा बंगलादेशसँग नेपालले दुई मैत्रीपूर्ण खेल खेल्ने
सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

काठमाडौँ- नेपालले बंगलादेशसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो।
दुवै खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुनेछ। एएफसी एसियन कप छनोटको तयारीस्वरूप मैत्रीपूर्ण खेल हुन लागेको हो। एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ।
उक्त समूहमा मलेसिया, लाओस र भियतनाम छन्। नेपाल समूहका २ खेल खेले पनि अंकविहीन रहेको छ। नेपालले अब अक्टोबर ९ मा भियतनामसँग खेल्दैछ।
तपाईको प्रतिक्रिया