विवाद निस्किए पनि एक भएर खेल्यौँ, कप्तान चयन गर्ने विषय आन्तरिक हो : साम्बा
2025-07-07-02-59-54.png)
काठमाण्डाै : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले कप्तान बनाउने विषय टोलीभित्रको आन्तरिक कुरा रहेको बताएकी छिन् ।
एशियन कप छनोट खेलेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सावित्राले कप्तान कसलाई बनाउने भन्ने विषयमा विवाद निस्किएको र यो सही नभएको बताइन् । यस्तो स्थितिमा पनि टोलीले एक भएर खेलेको र आउँदा दिनमा यस्तो विवाद नआओस् भन्ने उनको आग्रह छ ।
उज्वेकिस्तानसँगको खेल शुरू हुनुअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कप्तानमा पहिलो रेनुका नगरकोटेको नाम सार्वजनिक गरेको थियो । तर पछि सावित्रालाई कप्तानी दिइएको भन्दै एन्फाले नाम परिवर्तन गरेको थियो ।
यसैबीच सावित्राले उज्वेकिस्तानमा भएको एएफसी महिला एशियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक उर्जा लिएर फर्किएको प्रतिक्रिया दिइन् । उनले उज्वेकिस्तानसँगको छनोटको अन्तिम खेलमा ५०/५० को अवसर रहे पनि त्यसमा सफल हुन नसकेको बताइन् । यो नतिजाले पछिसम्म पिरोल्ने उनको भनाइ छ ।
शनिवार भएको उज्वेकिस्तानसँगको खेलमा नेपाल पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित हुँदा एशियन कपमा पुगेर इतिहास रच्न चुकेको थियो ।
तपाईको प्रतिक्रिया