बाढीले क्षति गरेका विद्युत आयोजनाको उत्पादन केही समय बन्द हुने

काठ्माण्डौँ- रसुवामा मंगलबार बिहान आएको बाढीले विभिन्न विद्युत आयोजनामा क्षति गरेको छ ।
यी आयोजनाबाट भइरहेको विद्युत उत्पादन केही समय बन्द हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
मंगलबार दिउँसो प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै शाक्यले बिहान सवा तीन बजेतिर ड्याम ब्रस्ट भएर आएको बाढीले रसुवागढी, चिलिमेजस्ता आयोजनामा क्षति गरेको बताए ।
उनका अनुसार रसुवागढी १११ मेवाको बाँध बगाएको छ । सबैभन्दा बढी क्षति यसमै भएको शाक्यले बताए । विद्युत प्राधिकरणमा भएका क्षतिमा मानवीय क्षति भने नभएको उनले बताए ।
‘थप केही समय उत्पादन बन्द हुन्छ । कहिले खुल्छ भन्ने थाहा छैन । त्रिशुली-३ ‘ए’को ड्याम पनि केही बगाएको छ’, शाक्यले भने, ‘चिलिमेमा पनि त्यति पानी बढ्ला भन्ने अनुमान थिएन । पानी घट्नासाथ सफाइ शुरू भएको छ । केही दिनमा उत्पादन शुरू हुन्छ ।’
शाक्यले त्रिशुली-३ ‘बी’ आयोजनाको संरचनामा केही क्षति भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया