प्रसिद्ध दक्षिण भारतीय अभिनेता श्रीनिवासको निधन
आइतबार असार २९, २०८२/ Sunday 07-13-25
Paschim Today

काठमाडौं । दक्षिण भारतीय फिल्मका खलनायक कोटा श्रीनिवासको आइतबार हैदराबादमा निधन भएको छ । उनी केही समयदेखि बिरामी थिए ।
८३ वर्षका श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए ।
उनी सन् २०१५ मा पद्मश्री सम्मानित भएका थिए । कोटा श्रीनिवासले सन् १९९९ देखि २००४ सम्म आन्ध्र प्रदेशको विजयवाडा पूर्व क्षेत्रबाट विधायकको रूपमा पनि सेवा दिए ।
उनका चर्चित फिल्ममा ‘सन अफ सत्यमूर्ति’, ‘टेम्पर’, ‘येवादु’, साथै अमिताभ बच्चनको ‘सरकार’ र टाइगर श्राफको ‘बागी’ समावेश छन् । कोटा श्रीनिवासले आफ्नो अन्तिम फिल्म ‘कब्जा’ सन् २०२३ मा रिलिज भएको थियो ।
तपाईको प्रतिक्रिया