दूधले नुहाएर डिभोर्स ‘सेलिब्रेसन’

काठ्माण्डौँ- श्रीमतीसँग डिभोर्स गरेका एक युवकले शुद्ध हुन भन्दै ४० लिटर दूधले नुहाएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ । घटना भारतको आसामस्थित नलबारी जिल्लाको हो ।
मुकलमुवा गाउँका मलिक अली नामक युवाले डिभोर्सपछि ४० लिटर दूध किनेर नुहाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बताइएअनुसार अलीले सात वर्षअघि बिहे गरेका थिए । उनको पाँच वर्षीया छोरी पनि छिन् । तर श्रीमती अन्य युवक लागेको अलीको आरोप छ ।
दुई पटक प्रेमीसँग भागिन्, मैले फर्काएर मेलमिलापको प्रयास पनि गरेँ, तर नहुँदोरहेछ’, उनले भनेका छन्, ‘अब म स्वतन्त्र भएँ, शुद्ध भए, म आफ्नो खुशीले जीवन बाँच्नेछु ।’
कानुनी रुपमै अलग हुँदा छोरी भने आमासँगै बस्ने सम्झौता भएको अलीले जानकारी दिएका छन् । डिभोर्सको फाइलमा हस्ताक्षर गरेकै दिन साँझ ४० लिटर दूध किनेर घरमा लगेकाे र त्यसैले नुहाएर डिभाेर्स सेलिब्रेसन गरेकाे उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया