कञ्चनपुरको हनुमाननगर क्षेत्रमा वर्षा, साना खोलामा बाढीको सम्भावना
सोमबार श्रावण ६, २०८२/ Monday 07-21-25
Paschim Today

काठमाडौँ । कञ्चनपुर जिल्लाको हनुमाननगर (भम्का) वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले सोमबार बिहान ४ः३५ एक सूचना जारी गर्दै पछिल्ला ३ घण्टामा सो स्थानमा मध्यम वर्षा मापन गरिएको जनाएको हो ।
विभागका अनुसार सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले डुबान सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया