तोलामा ४ सय बढ्यो सुन
सोमबार श्रावण ६, २०८२/ Monday 07-21-25
Paschim Today

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ आज स्थिर छ । प्रतितोला २२८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया