धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

मंगलबार श्रावण ७, २०८२/ Tuesday 07-22-25
Paschim Today

धनगढी ।धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ ।

शनिबार शल्यक्रिया मार्फत नवजात शिशु छोरा लाई जन्म दिएकी भजनी नगरपालिका-२ को रजबाराकी ३० वर्षीया चाँदनीदेवी डगौराको सोमबार दिउँसो  मृत्युु भएको हो । मृतककी देउरानी नाता पर्ने नैनादेवी चौधरीले चिकित्सकको लापरवाहीले प्रसुती भएको तेस्रो दिनमै डगौराको मृत्युु भएको बताइन् ।

उनले सुरूमा शल्यक्रियाका लागि भन्दै पेटको एउटा भागमा चिरेको तर शिशु ननिस्किएपछि फेरि अर्को ठाउँमा चिरेर निकालिएको बताइन् । पाठेघरमा रगत जमेको भन्दै तेस्रो पटकको शल्यक्रियामा पाठेघर  नै झिकेर फालिएको उनी बताउँछिन् । पाठेघर निकालेर फाल्दा समेत रक्तश्राव नरोकिएपछि १७ पिन्ट रगत चढाउदा समेत डगौरालाई बचाउन नसकिएको परिवारको भनाइ छ ।

उनीहरूले शल्यक्रिया र उपचारमा गम्भीर लापरवाही भएको भन्दै सम्बन्धित चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । आमाको मृत्युु भएपनि शिशुको अवस्था समान्य रहेको छ । अस्पतालले भने सुत्केरीको मृत्यु भएको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन् । सूचना अधिकारी किशोर श्रेष्ठले यो विषयमा बुझेर मात्र धारण व्यक्त गर्ने बताए ।