कैलालीको गोदावरीबाट चरेससहित ४ जना पक्राउ

शुक्रबार श्रावण १०, २०८२/ Friday 07-25-25
Paschim Today

धनगढीः कैलालीको गोदावरीबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेससहित एकै दिन ४ जनालाई पक्राउ गरेको छ।

बिहीवार राति इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ बझाङ विपिन होटेलबाट एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त होटलबाट बझाङ छबिसपाथिभारा गाउँपालिका–७ का ३९ वर्षीय गगन बोहरालाई पक्राउ गरेको हो। उनको साथबाट १ किलो चरेस बरामद गरिएको डिएसपी चन्दले बताए।

यस्तै बिहीवार राति नै डिएसपी चन्द कमान्डको टोलीले गोदावरी नगरपालिका–१ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेससहित ३ जनालाई पक्राउ गरेका छ। हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडीको सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्र सिंह ऐरी, सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिकलाई चरेससहित पक्राउ गरेको डिएसपी चन्दले बताए।