कैलालीमा कृषि फर्म भित्र रहेको पोखरीमा डुबेर ३ वर्षिय बालकको मृत्यु

शुक्रबार श्रावण १०, २०८२/ Friday 07-25-25
Paschim Today

कैलाली। कैलालीमा कृषि फर्म भित्र रहेको पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।जिल्लाको गौरीगंगा नगरपालिका ९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्ममा रहेको पानी पोखरीमा डुबेर शुक्रबार तिन वर्षिय बालक कुशल खनालको मृत्यु भएको हो ।स्थानिय बुद्धिराज खनालले सञ्चालन गरेको उक्त फर्ममा उनिसँगै उनका भाई दिल्लीराज खनाल बस्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार सँगै बस्दै आएका दिल्लीराज खनालका छोरा कुशल फर्मको पानीपोखरीमा डुबेर बेहोस भएका थिए । डुबेर बेहोस भएका कुशललाई उपचारको लागि सेती प्रादेशीक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीलेबताएछ ।