सिँचाइमन्त्री खड्का र मुख्यमन्त्री शाहबिच भेट

मंगलबार श्रावण १४, २०८२/ Tuesday 07-29-25
Paschim Today

धनगढी । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबिच मङ्गलबार बिहान भेटघाट भएको छ । 

मुख्यमन्त्री निवासमा दुवैबिच भेटघाट भएको हो । भेटघाटको क्रममा समसामयिकसहित उर्जा तथा सिँचाइका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।