अमेरिकामा लडाकु विमान दुर्घटनाग्रस्त

बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

काठमाडौं : अमेरिकामा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको नेभल एयर स्टेशन लेमूर नजिकै एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो। 

अमेरिकी नौसेनाका अधिकारीहरूले पाइलट विमानबाट बाहिर निस्कन सफल भएको जानकारी दिए।  

घटनाबारे एनएएस लेमूरले विज्ञप्ति जारी गर्दै पाइलट सफलतापूर्वक विमानबाट बाहिर निस्केका र अन्य कुनै पनि कर्मचारी प्रभावित नभएको जनाएको छ।   

एक आधिकारिक विज्ञप्तिमा दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको उल्लेख छ।  

यसैबीच एफ–३५ लडाकु विमानको निर्माता अमेरिकी रक्षा ठेकेदार लकहिड मार्टिनले दुर्घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।