ब्रिटिस काउन्सिलको विश्व अवार्ड फाइनलमा पुगे पत्रकार खड्का

बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

काठमाडौं । ब्रिटिस काउन्सिलको विश्व अवार्डमा नेपाली पत्रकार घनश्याम खड्का फाइनलमा पुगेका छन् । काउन्सिलले विश्वभरका १३ सय आवेदकहरूबाट छनोट गरेको अन्तिम २८ मा खड्का परेका हुन् ।

बेलायती शिक्षा लिएर आफ्नो देश तथा क्षेत्रमा अतुलनीय कर्म गर्नेहरूलाई छनोट गरिने यो सूचीमा खड्का परेका हुन् । उनले पत्रकारितामा मानव अधिकार तथा संक्रमणकालीन न्यायको क्षेत्रमा गरेको कर्मलाई उनी फाइनलमा पुग्ने कारण बताइएको छ । खड्कालाई ‘संस्कृति र सिर्जनशीलता’को शीर्षकमा छानिएको हो ।

अन्तर्राष्ट्रिय तथा युरोपेली कानुनमा सन् २०१७ मा बेलायतको लिड्स विश्वविद्यालयबाट खड्काले उच्च शिक्षा अध्ययन गरेका थिए । उनी फाइनलमा पुगेको खुसी विश्वविद्यालयले पनि साटेको छ । खड्कालाई एक पत्र पठाउँदै विश्वविद्यालयले बधाई दिएको छ ।