प्रधानमन्त्रीले 'फिफा फर स्कुल' अभियानको शुभारम्भ गरे
बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणा गरे।
तपाईको प्रतिक्रिया