यातायात कार्यालय धनगढीको राजस्व संकलनमा वृद्धि

धनगढी।यातायात व्यवस्था कार्यालय धनगढीको राजस्व संकलनमा वृद्धि भएको छ।कार्यालयको अघिल्लो आव २०८०/८१ को तुलनामा गत आव २०८१/८२ को राजस्व संकलनमा वृद्धि भएको हो।
अघिल्लो आव २०८०/८१ मा कार्यालयले विभिन्न शीर्षकमा ६५ करोड ३१ लाख ६३ हजार राजस्व सङ्कलन भएकोमा गत आव २०८१/८२ मा ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी सुरेश ओखेडाले जानकारी दिए।उनले गत आवमा सवारी साधन करबाट ५६ करोड २४ लाख १७ हजार,चालक अनुमतिपत्र तथा सवारी दर्ता सम्बन्धी दस्तुरबाट १७ करोड ९२ लाख ३१ हजार राजस्व संकलन भएको जानकारी दिए।त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट एक करोड २१ लाख ९८ हजार,व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १७ लाख ६८ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १० हजार राजस्व संकलन भएको सूचना अधिकारी ओखेडाले जानकारी दिए।
गत आवमा कार्यालयमा विभिन्न १२ हजार चार सय ४१ सवारी साधन दर्ता भएका तथा १० हजार ८ सय ६१ सवारी चालक अनुमतिपत्र जारी भएको कार्यालयले जनाएको छ।घिल्लो आव २०८०/८१ मा कार्यालयमा विभिन्न ८ हजार १ सय १५ सवारी साधन दर्ता भएको जनाइएको छ।
तपाईको प्रतिक्रिया