ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई
आइतबार श्रावण १९, २०८२/ Sunday 08-03-25
Paschim Today

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रविन्द्र ढाँटलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रविन्द्रलाई शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।”
भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै ढाँटले उपाधि जितेका हुन् । उनी उक्त प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
तपाईको प्रतिक्रिया