बझाङको बउलीगाडले सतर्कता तह नाघ्यो, साँझैसम्म सचेत रहन आग्रह

सोमबार श्रावण २०, २०८२/ Monday 08-04-25
Paschim Today

बझाङ । बझाङको बउलीगाडको जलसतहले सतर्कता तह पार गरेको छ । सोमबार मध्याह्न १२:२५ बजेत बउलीगाड नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले नदी तटीय क्षेत्रमा बाढीको र डुबान भइरहने होचा भूभागमा बेलुकासम्मै सजगता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार, मनसुन सक्रिय रहेकाले गएको शुक्रबार (साउन १६)यता देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । देशका धेरै ठाउँमा ‘हल्का’देखि धेरै भारीसम्म वर्षा हुने विभागको पूर्वानुमान छ ।