सुदूरपश्चिम रोयल्सले गर्यो अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध
शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।
लिनले दुई सय ९३ वटा टी–२० खेलमा आठ हजारभन्दा बढी रन बनाएका छन् ।
अष्ट्रेलियाबाट १८ वटा टी–२० अन्तर्राष्ट्रिय र चार वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका लिन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन र छक्का हान्ने खेलाडी हुन् ।
यसअघि उनले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा खेलिसकेका छन् ।
एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि सुरु हुँदैछ ।
तपाईको प्रतिक्रिया