भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय कट्यो

शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

एजेन्सी- भूकम्पमा परी अफगानिस्तानमा मृत्य हुनेको संख्या २ हजार २०० नाघेको छ।

गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

बिहीबारसम्म मृत्यु हुनेको संख्या २ हजार २०५ पुगेको तालिबानी सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

घाइतेहरूको संख्या ३ हजार ५ सय नाघेको छ।

तीमध्ये धेरै जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ।

६ म्याग्निच्युडको भूकम्पपछि पनि पराकम्पनहरू आइरहेका छन्।

दुईपटकसम्म ५ म्याग्निच्यूडभन्दा बढी तीव्रताका भूकम्प गइसकेको छ। 

बिहीबार राति ८:५६ बजे ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। सो पराकम्पनबाट थप मानिसको मृत्यु भएको रिपोर्ट आएको छैन।