सुनको भाउ ४ सय रुपैयाँले घट्यो
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today
.2025-09-08-11-11-13.jpeg)
काठमाण्डौ – सुनचाँदीको भाउमा आज घटेको छ । सुन आज चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार पाँच सय रुपैयाँ थियो ।
तपाईको प्रतिक्रिया