जेनजी प्रदर्शनले संसदीय समितिको बैठक प्रभावित
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाडौं । जेनजीको प्रदर्शनका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक प्रभावित भएको छ ।
सांसदहरूलाई बैठकमा सहभागी हुन सिंहदरबार आइपुग्न समय लागेका कारण बैठक प्रभावित भएको हो ।
बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको थियो । तर समितिको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।
प्रतिनिधिसभा अन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि समयमै सुरु हुन सकेको छैन ।
राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची छ ।
यसैगरी शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्यसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।
तपाईको प्रतिक्रिया