प्रदर्शनकारीद्वारा मुख्यमन्त्री कार्यालय, परराष्ट्रमन्त्री आरजु राणा देउवामा निवासमा समेत तोडफोड
मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

पश्चिम टुडे, धनगढी २४ भाद्र ।
भ्रष्टचार, वेथिती र अनियमितता विरुद्ध जेन-जीहरुले सुरु गरेको आन्दोलनमा सत्ताको दमन भएपछि धनगढीमा पनि आन्दोलन चर्केको छ ।
जेन-जी, स्वतस्फूर्त रुपमा युवा आन्दोलनकारीहरुले धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय, उत्तरबेहडडीमा अवस्थित कांग्रेस सभापती शेरबहादुर देउवाको आवास परिसरमा टायर जलाउनुका साथै तोडफोड गरेका छन् । उनीहरुले गाडी तोडफोड समेत गरेका छन् ।
बिरोधन प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले उच्च बल प्रयोग गरिरहेको छ ।
प्रदर्शन नियन्त्रण भन्दा बाहिर बाहिर रहेको छ ।
तपाईको प्रतिक्रिया