खानेपानीमन्त्री यादवले दिए राजीनामा
मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् ।
जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन गर्दै उनले राजीनामा दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘प्रिय युवा भाइ बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सुत्रधार हुनुहुन्छ। हिजो जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु। हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु।’
यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए ।
तपाईको प्रतिक्रिया