प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु
बुधबार भदौ २५, २०८२/ Wednesday 09-10-25
Paschim Today

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।
जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।
मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।
बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताए । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, केही पत्ता नलागी भन्न मिल्ने अवस्था छैन’, उनले भने ।
तपाईको प्रतिक्रिया