अछाममा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप
बुधबार भदौ २५, २०८२/ Wednesday 09-10-25
Paschim Today

अछाम : जिल्ला कारागार अछामको अवस्था तनावग्रस्त बनेको छ।
कैदीबन्दीले तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षाकर्मीसँग झडप भइरहेको छ।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार आगजनी र तोडफोड गरेर कैदीबन्दी भाग्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो।
कारागारमा अहिले सेना परिचालन गरिएको सारुले बताए। कैदीबन्दीका आफन्तहरु कारागार परिसरमा पुगेर नाराबाजी गरिरहेका छन्।
तपाईको प्रतिक्रिया