सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

बिहीबार असोज २, २०८२/ Thursday 09-18-25
Paschim Today

काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको हो । योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा फेरि कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।