रिभाइभ मेडिकल वेलनेस अब आफ्नै भवनमा
कोलोराडो, अमेरिका
रिभाइभ मेडिकल वेलनेस मंगलबारदेखि आफ्नै भवनमा सञ्चालनमा आएको छ।
रिजेनेरेटिभ तथा एस्थेटिक मेडिसिन विशेषज्ञ डा. शारदा काफ्ले त्रिपाठीले सन् २०२४ फेब्रुअरी २ मा कोलोराडोको नर्थग्लेनमा भाडाको घरमा सञ्चालनमा ल्याएको रिभाईभ मेडिकल वेलनेस मंगलवारदेखि आफ्नै भवनमा सञ्चालनमा आएको हो ।
मंगलबार आयोजित एक समारोहबीच डा. त्रिपाठी, वेलनेसका चीफ फाईन्सियल अफिसर विकाश त्रिपाठी, नर्थग्लेनकी काउन्सिल सदस्य क्याथरिन गोफ, आर्थिक विकास निर्देशक एलिसन मोडिङ, आर्थिक विकास संयोजक क्रिस्टी ‘सीसी’ चेम्बर्स र आर्थिक विकास विशेषज्ञ मारिसा फिलिप्सलगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा क्लिनिकको उद्घाटन गरे।
समारोहमा डा. त्रिपाठीले रिभाइभ मेडिकल वेलनेस स्थापनाको उद्देश्य, उपलब्ध सेवा तथा आगामी योजनाबारे जानकारी दिइन्। उनले क्लिनिकप्रति समुदायले देखाएको माया, हौसला, साथ र विश्वासका लागि आभार व्यक्त गरिन्।
स्वास्थ्यप्रति समयमै सचेत हुनुपर्नेमा जोड दिँदै उनले अस्वस्थ भएपछि मात्र उपचार खोज्नुभन्दा नियमित स्वास्थ्य परीक्षण र सुरुदेखि नै आफ्नो स्वास्थ्यमा ध्यान दिन सके आकस्मिक रूपमा आइपर्न सक्ने स्वास्थ्य जोखिम कम गर्न सहयोग पुग्ने बताइन्।
चीफ फाईन्सियल अफिसर विकाश त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गर्दै उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण अतिथि तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरे।
स्वास्थ्य र सौन्दर्यसम्बन्धी समग्र सेवा उपलब्ध गराउँदै आएको रिभाइभ मेडिकल वेलनेसले वेलनेस परामर्श, तौल व्यवस्थापन, हर्मोन सन्तुलन, अनुहार तथा शरीरको सौन्दर्य र आकार सुधारसम्बन्धी सेवा, कपाल पुनःउत्पादन उपचार, लेजर हेयर रिमुभललगायतका सेवाहरू प्रदान गर्दै आएको छ।
(www.revivemedicalwellness.net)








तपाईको प्रतिक्रिया