बझाङमा जिप दुर्घटना, चालकको मृ*त्यु
बिहीबार असोज १५, २०८३/ Thursday 10-01-26
Paschim Today
बझाङ- बझाङ, सुर्मा गाउँपालिका –०२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आज बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक बझाङ, सुर्मा गाउँपालिका –०४ बस्ने अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट प्र.ना.नि. तेजबहादुर रावलको कमाण्डमा प्रहरी टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो।
उक्त जिपमा चालकसहित ३ जना सवार रहेकोमा दुई जना घाइतेको नाम, थर र वतन खुल्न बाँकी रहेको तथा दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ।






-1200x5602026-10-03-02-45-00.jpeg)
तपाईको प्रतिक्रिया