कञ्चनपुरमा खुकुरी देखाएर १६ वर्षीय किशोरमाथि कुटपिट, पाँच जना पक्राउ
मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26
Paschim Today
धनगढीः कञ्चनपुरको बेलौरीमा खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–९ रतनपुरका १६ वर्षीय किशोरलाई खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिइएको हो। असोज २३ गते दिउँसो करिब ४ बजे भएको घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
घटनामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलीप भट्ट, २२ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार उनीहरूमाथि अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग एवं अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ।







तपाईको प्रतिक्रिया