सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं। मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६ .१० विन्दुमा पुगेको हो। सोमबार छठ पर्वको सार्वजनिक बिदाका कारण सेयर कारोबार भएन।
यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १८५ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर सर्वाधिक ११.८४ प्रतिशतले बढ्यो।
सेन्ट्रल फाइनान्सको सेयर ६ प्रतिशतले बढ्दा अपोलो हाइड्रोपावरको ५.६५,कुमारफ इक्विटी फण्डको ५.६४ र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर ५.५० प्रतिशतले बढ्यो।
एभरेष्ट कलरको सेयर सर्वाधिक ५.३६ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा ७ प्रतिशत नविल डिवेन्चर २०८९ शीर्षस्थानमा रह्यो। यसले २८ करोड ९१ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो।
घलेम्दी हाइड्रोपावरले २० करोडको कारोबार गर्दा सेन्ट्रल फाइनान्सले १९ करोड,सानिमा माइ हाइड्रोपावरले १५ करोड र शिवम् सिमेन्टले १४ करोडको कारोबार गरे।
म्युचुअल फण्डबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिए। म्युचुअल फण्डको सेयर ०.१२ प्रतिशतले बढ्यो।







तपाईको प्रतिक्रिया