Close This

प्रहरीको सेटिङमा तस्करी, घुमुवादेखि हाकिमसम्मले मासिक रकम लिने गरेको खुलासा (अडीयो सहित)

आइतबार कार्तिक २५, २०७५/ Sunday 11-11-18
Paschim Today


धनगढी, २५ कार्तिक ।
सुदूरपश्चिम प्रदेशमा प्रहरीको मिलेमतोमा र संरक्षणमा चोरी तस्करी हुने गरेको पाईएको छ ।
पश्चिम टुडेलाई प्राप्त प्रहरी र तस्करीबीचको अडियो संवादबाट प्रहरीको मिलेमतो र संरक्षणमा तस्करी हुने गरेको खुलासा भएको हो ।
जिल्ला प्रहरी, अञ्चल प्रहरी र प्रादेशिक प्रहरी कार्यालयका घुमुवाहरुले तस्करसंग सेटिङ मिलाएर आफ्ना हाकिमहरुलाई मासिक रुपमा रकम दिलाउने गरेको पनि खुलासा भएको छ ।

अञ्चल प्रहरी कार्यालयका हवल्दार ज्ञानेन्द्र बोहरा र तस्करीमा संलग्न सावर्ण गुप्ताको अडियो संवादमा जिल्ला प्रहरी प्रमुख, प्रहरी बरिष्ठ अधिकृत र प्रहरी नायव महानिरिक्षकले मासिक रुपमा तस्करबाट पाउने रकमको समेत खुलासा भएको छ ।
मासिक रुपमा तस्करबाट पैसा लिने गरेका कारण ती तस्करहरुको सामान पक्राउ नगर्ने गरेको पाईएको छ ।
बिगतमा सक्रिय रहेको क्षेत्रीय अनुसन्धान व्युरोका हरेक सदस्यहरुले समेत तस्करसंग पैसा लिने गरेको पाईएको छ ।