Close This

एक खुट्टाले नाचेर रोमाले जितिन दर्शकको मन

मंगलबार पौष २४, २०७५/ Tuesday 01-08-19
Paschim Today

धनगढी, २४ पुष । 
कैलालीको धनगढीमा जारी सुन्दर सुदूरपश्चिम महोत्सवमा नेपालसगै भारतका कलाकारले समेत आफ्नो प्रस्तुति दिइरहेका छन् । 
नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारसंगै छिमेकी मुलुक भारतका कलाकारले समेत प्रस्तुति दिइरहेका हुन । सोमबार राष्ट्रिय कलाकारमा कमल खत्री र लालबहादुर धामीले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । 
त्यस्तै बाल्यकालमा नै एउटा खुट्टा गुमाएकी बहुचर्चित नृत्यांगना रोमा न्यौपानेले विभिन्न गीतमा आफ्नो प्रस्तुति दिदैं जनताको मन जितिन । महोत्सवमा मित्र रास्ट्र भारतको पलिया मन्टेश्वरी स्कुल पलियाको पनि सहभागीता रहेको थियो । मंसिर २४ गते दुर्गेश थापा, रेश्मा पुन, दिपाशा बिसी, सुशीला कार्कीसगै स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सव सयोजक  श्याम बिष्टले जानकारी दिए । 
महोत्सवमा कैलाली कञ्चनपुरका विभिन्न स्थानका साथै भारतको उत्तरप्रदेशबाट पनि महोत्सव हेर्नका लागि सर्वसाधारणहरु आएका थिए । पौष २० गते देखि सुरु भएको महोत्सव माघ २ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।