Close This

डडेल्धुरामा धुरा जात श्रावण उन्नाइस गते हुने

सोमबार श्रावण १२, २०७७/ Monday 07-27-20
दिपकराज भट्ट

डडेल्धुरा,१२ साउन । महाभारतमा रहेको धुरा भागेश्वर मन्दिरमा बर्षमा दुई पटक जात हुन्छ । पहिलो श्रावण मा हुन्छ भने दोस्रो मंसिरमा हुन्छ । भागेश्वर पौराणिक इतिहास रहेको धुरा मन्दिरमा भागेश्वर देवताको मुख्य पूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन यश बर्ष श्रावण उन्नाइस गते गते परेको छ । दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती हुने जोतिष हेमराज चटौलले जानकारि दिनुभयो । 
धुराको परिचय: भागेश्वर देवता भगवान शिवका पार्षद हुन् ।

भागेश्वर देवतासँग ‘पासो, ‘कैलपाल, ‘कनवेताल’ ‘कालशैनी’ ‘कल्तडे’ ‘छडी’ र ‘समैजी’ लगायत अन्य सहयोगी देवताहरु पनि रहन्छन् । ‘पासो’ भागेश्वर देवताको प्रमुख द्वारपाल मानिन्छ । डडेल्धुरा जिल्लामा पर्ने ग्वान्नी गाउँ लगायत अन्य कैयौं स्थानमा स्थित ‘असिउँ’ देवता भागेश्वरका आफ्नै दाजु हुन् भने कञ्चनपुर जिल्लाको चुरे क्षेत्रमा विराजमान ‘बैजनाथ’ देवता भागेश्वरका भान्जा नाता पर्ने देवता हुन् भन्ने मान्यता रहि आएको छ । डडेलधुरा जिल्लाको माहाभारत पर्वत स्थित भागेश्वरको माणौमा २२ खम्बा (खाम) छन् ।

द्वापरयुगको अन्त्यतिर यस उच्च शैल शिखर क्षेत्रमा भागेश्वर आउँनु भन्दा अगावै आफ्नो वनबासकालको क्रममा पञ्चपाण्डवहरु यसै भागेश्वरको धुरा हुँदै जाँदै गर्दा उनिहरुलाई पानी पाइएन । त्यसपछि त्यसै धुरामा वीर पाण्डव भ्राता अर्जुनले खड्ग प्रहार गरेर पानी निकालेका थिए भन्न्ने कथानक छ । खड्ग बाट जल निकालिएको हुनाले त्यो जल भएको ‘न्वालो’ लाई आजभोली ‘खड्गेन्वालो’ पनि भन्ने गरिन्छ । त्यो न्वालाको पानी लाई काँसीको जल समेत भन्ने गरिन्छ र गँगोत्रीको जल समान पवित्र मानेर यसै जलले भागेश्वरको पुजा तथा अन्य आवश्यक कार्यहरु गर्ने गरिन्छ । त्यसैगरी भागेश्वरको ‘रतीघाट’ भन्ने स्थानमा पनि पुजा हुने गर्दछ । यो स्थान रुपाल गाउँ विकास समिति वार्ड ३ नौतडीका भारद्वाज गोत्रीय जोशी ब्राह्मणहरुको जग्गामा पर्दछ ।

हाल आएर भागेश्वर देवताको पुजा डोटीको निरौली, गड्सेरा र बेल्टुक्रा गाँउमा पनि हुने गर्दछ । किनभने डडेलधुराको  भागेश्वर गाँउपालिका पर्ने रोल्ली गाउँबाट निरौला भण्डारी, जोशी र गड्सेरी भट्टहरु बसाइ सर्दै देशका कैयौं भागमा गएर बसेका छन् ।
यहाँ जानुका लागि भागेश्वर गाउपालिका सदरमुकाम बाट चुल्ल र सिराड बाटो भएर हिडेर सहजै तिन चार घण्टा को मनोरञ्जननात्क भएर पुगिन्छ ।