अनलाईन मार्फत ठगी गर्ने गिरोहका नौ जना पक्राउ

धनगढी, ७ मंसिर ।
प्रहरीले अनलाईन मार्फत ठगी गर्ने गिरोहका नौ जनालाई बुधवार साँझ धनगढीबाट पक्राउ गरेको छ । उनीहरुलाई बिभिन्न कम्पनीका ११ थान ल्यापटप आठ थान मोवाईल सेट, १२ थान हेडफोन सहितका उपकरणहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका -१० का २१ वर्षीय प्रसान्त बलायर, भारत दिल्लीका ३२ वर्षीय अमित कुमार, २२ वर्षीय जय राम सुनार, २६ वर्षीय कुनाल शर्मा, २४ वर्षीय मिथिल कुमार, १९ वर्षीय प्रियंसु ठाकुर, कञ्चनपुर पुर्नवास नगरपालिका -६ का २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाँउपालिका -२ का ३० वर्षीय विशाल सुनार र २८ वर्षीय कमल सुनार रहेका छन् ।
कैलाली धनगढी उप-महानगरपालीका -५ तारानगर स्थित शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा अबैध रुपमा आईटी सेन्टर सञ्चालन गर्दै आएका उनीहरुलाई बुधवार साँझ साढे ५ बजे कैलाली र कञ्चनपुरको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
कञ्चनपुर बेल्डाडी गाँउपालिका - २ का ३० वर्षीय विशाल सुनार समेतले अबैध रुपमा आईटी सेन्टर सञ्चालन गरी बिभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत बिषयमा प्रलोभनमा पारी बिशेष गरी पोल्याण्ड लगायतका नागरीकहरुलाई अनलाईन ठगी गर्ने गिरोह सूचना प्राप्त भएपछि प्रहरीको टोलीले उक्त घरमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्याल, सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी सहायक निरीक्षक अनिल कुमार बिष्ट र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक प्रकाश कडायतको कमाण्डमा परिचालित संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया