निसर्ग अल स्टार्स स्पोर्टस एकेडेमीलाई जेसिज कप महिला फुटबल प्रतियोगिताको उपाधी

शनिबार मङ्सिर ९, २०८०/ Saturday 11-25-23
Paschim Today

चितवन, ९ मंसिर ।
चितवन जिल्लाको भरतपुरमा सञ्चालित जेसिज कप महिला फुटबल प्रतियोगिता २०८० को  उपाधी निसर्ग अल स्टार्स स्पोर्टस एकेडेमीले जितेको छ ।

शनिवार चितवनमा आयोजित फाईनल खेलमा रौतहट फुटवल एकेडेमीलाई शुन्यका बिरुद्ध एक गोलको अन्तरले निसर्ग अल स्टार्स स्पोर्टस एकेडेमीले जेसिज कप महिला फुटबल प्रतियोगिता २०८० को उपाधी हात पारेको हो ।

नेपाल राष्ट्रिय महिला टिमको पूर्व  कप्तान निरु थापाको  नेतृत्वमा उत्रेको अल स्टार्स स्पोर्टस एकेडेमीले चन्द्रा भण्डारीको असिस्टमा जर्सी नम्बर  १५ की बिर्सना चौधरीको निर्णायक गोलले उपाधी हात पारेको हो ।

सेमी फाइनल खेलमा गैंडाकोट फुटबल क्लब नवलपुरलाई शुन्यका बिरुद्ध दुई गोलले पाखा लगाउँदै निसर्ग अल स्टार्स स्पोर्टस एकेडेमी फाईनलमा प्रवेश गरेको थियो ।

निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्तले जेसिज कप महिला फुटबल प्रतियोगिता २०८० को उपाधी हात पारेकोमा अल स्टार्स स्पोर्टस एकेडेमी टिमका खेलाडी,अध्यक्ष राघव कार्की, कार्य समिति पदाधिकारीहरु, प्रशिक्षक सुरज घिसिङ लगायत शुभ चिन्तकहरुलाई बधाई सहित धन्यवाद ज्ञापन गरेका छन् ।

चितवन जिल्लाको भरतपुरमा आयोजित जेसिज कप महिला फुटबल प्रतियोगिता २०८०  उपाधी जित्न सफल अल स्टार्स स्पोर्टस एकेडेमीको सम्पूर्ण खर्च निसर्ग अस्पताल प्रा.लिले व्यहोरेको थियो ।