कैलालीमा बलत्कार, घरेलु र लैंगिक हिंसामा घट्ना कमि

सोमबार मङ्सिर ११, २०८०/ Monday 11-27-23
Paschim Today

धनगढी, ११ मंसिर ।
कैलालीमा चार वषयता बलत्कार, घरेलु र लैंगिक हिंसाका घट्नामा कमि आएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०८०/८१ को चार महिनामा बलत्कारका १६ घट्ना दर्ता भएका छन् । यसअघि आर्थिक वर्ष २०७९/८० मा ८७ बलत्कारका ८७ घट्ना दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा ११४ र आर्थिक वर्ष २०७७/७८ मा ९९ बलात्कारका घट्ना दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताईन ।
यद्दपि प्रहरीमा बलत्कारका सबै घट्ना भने दर्ता नहुने भएकोले यो संख्या थप हुने अनुमान गरिएको छ ।

त्यस्तै घरेलु हिंसाका घट्नामा समेत चार वर्षयता कमि आएको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा घरेलु हिंसाका २०५ उजुरी दर्ता भएका छन् । जसमध्ये १७२ मिलापत्र भएको तथ्यांक छ । सम्बन्धित निकायमा गएका घरेलु हिंसाको संख्या ९ छ  । सम्पर्कमा नआएर काम बाँकी भएका २४ उजुरी छन् ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा ३८३, आव २०७८/७९ मा ४७० र  २०७७/७८ मा ५५२ घरेलु हिंसाका उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका थिए ।

आव २०७९/८० मा ३२८, आव २०७८/७९ मा ३४९ र २०७७/७८ मा घरेलु हिंसाका ४३८ उजुरी मिलापत्रमा टुंगिएका थिए ।
को महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताईन ।

यसैगरी लैंगिक हिंसा तर्फ आर्थिक वर्ष २०८०/८१ को चार महिनामा ६५ घट्ना दर्ता भएका छन् । यसअघि आर्थिक वर्ष २०७९/८० मा १३१ घट्ना दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा १२७ र २०७७/७८ मा २३३ लैंगिक हिंसाका उजुरी दर्ता भएका थिए ।
प्रहरी निरीक्षक अधिकारीले बिगतका तुलनामा पिडीतहरु खुलेर प्रहरी कार्यालयमा उजुरी दर्ता आउने गरेको बताईन ।