पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
बिहीबार मङ्सिर १४, २०८०/ Thursday 11-30-23
रासस

जाजरकोट, १४ मङ्सिर कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ ।
गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उहाँले बताउनुभयो ।
गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
तपाईको प्रतिक्रिया