सुदूर पश्चिम प्रदेश सरकारद्धारा पर्यटन संयोजकमा शाही मनोनीत

बिहीबार मङ्सिर १४, २०८०/ Thursday 11-30-23
Paschim Today

धनगढी, १४ मंसिर ।
सुदूर पश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन सफल पार्न राष्ट्रिय तथा पर्यटन व्यवसायीहरुसंग समन्वयका लागि पर्यटन व्यवसायी अमर बहादुर शाहीलाई पर्यटन संयोजक पदमा मनोनयन गरेको छ ।

मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीको संयोजकत्वमा रहेको कार्यकारी समिति अन्तर्गत रहने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरुसंग समन्वयका लागि पर्यटन व्यवसायी शाहीलाइ पर्यटन संयोजक पदमा मनोनीत गरेको पत्र बिहीवार प्रदान गरे ।

सुदूर पश्चिम लगानी तथा विकास सम्मेलनको कार्यकारी समितिको अन्तर्गत रहने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरुसंग समन्वयका लागि तपाईलाई पर्यटन संयोजक पदमा तपाईलाई मनोनयन गरिएको छ, मुख्यमन्त्री शाहले शाहीलाई प्रदान गरेको मनोनयन पत्रमा अगाडि भनिएको छ, यहाँको अनुभव, बिज्ञता र अन्तर्राष्ट्रिय सम्बन्धका माध्यमबाट लगानी तथा विकास सम्मेलनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सहित हार्दिक बधाई छ ।

पर्यटन व्यवसायी शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरुसंग समन्वयका लागि पर्यटन संयोजक पदमा मनोनयन गरेकोमा सुदूर पश्चिम प्रदेश सरकारलाई धन्यवाद दिदै आफ्नो अनुभव, बिज्ञता, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन सफल पार्न सदुपयोग गर्ने प्रतिबद्धता गरे ।

प्रदेश सरकारले सुदूर पश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने उद्देश्यले २०८० फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्दैछ ।