ट्रकको ठक्करबाट श्रीमतीको मृत्यू श्रीमान र बच्चा घाईते
आइतबार मङ्सिर १७, २०८०/ Sunday 12-03-23
रासस

ट्रकले ठक्करले तनहुँमा एक महिलाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो।
मोटरसाइकल चालक विकका श्रीमान रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया