अहिलेसम्मकै महँगो भयो सुन, प्रतितोला १ लाख २१ हजार ६ सय 

सोमबार मङ्सिर १८, २०८०/ Monday 12-04-23
Paschim Today

काठमाडौँ, १८ मंसिर । नेपाली बजारमा सुनको भाउ आकासिएको छ । बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेको छ ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो ।


 नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाउमा नै स्थिर रहेको छ ।