रेकर्ड ब्रेक गर्दै २ हजार ४ सयले घट्यो सुनको मूल्य
मंगलबार मङ्सिर १९, २०८०/ Tuesday 12-05-23
Paschim Today

काठमाडौँ, १९ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य रेकर्ड मूल्यबाट घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ ।
त्यस्तै, तेजावी सुन १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुनेछ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ रहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेको हो ।
तपाईको प्रतिक्रिया