Close This

मजगाँउमा  माघी महोत्सव हुने

बुधबार माघ १०, २०८०/ Wednesday 01-24-24
Paschim Today

कैलालीको गोदावरी नगरपालिका  ८ मजगाँउमा तीन दिने माघी महोत्सव आयोजना हुने भएको छ। थारु कल्याण कारिणी सभाले माघ १२, १३ र १४ गते महोत्सव आयोजना गर्ने भएको हो ।

संस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृषि पर्यटनका लागि एकजुट हौ भन्ने मूल नाराका साथ तीन दिने महोत्सव सञ्चालन गरिन लागेको सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए । महोत्सवको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ।

 महोत्सवमा स्थानीय भााँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ ।महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरूलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ।

 महोत्सवमा थारु परिकार, कृषि उपज, स्थानीय उत्पादन लगायत १५ बढी स्टल रहने छ। महोत्सवमा २६ गाउँका थारु नाच प्रस्तुत हुने छ। ओझेलमा परेको संस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना  गर्न लागेको अध्यक्ष चौधरी बताए। महोत्सवलाई सफल बनाउन अध्यक्ष जनकलालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ