Close This

बुवाको मृत्यु पछि पढाई छाड्न बाध्य भएकी हेमालाई लोटस आईमा पुर्ण छात्रवृत्ति

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

अत्तरिया : दुबईमा ज्यान गुमाएका दार्चुलाको ब्यास गाउँपालिका – ५ का कृष्णानन्द बडुकी छोरी हेमा बडुलाई निःशुल्क शिक्षा प्रदान गरिने भएको छ । कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले हेमालाई पुर्ण छात्रवृत्तिमा शिक्षा प्रदान गर्ने भएको हो ।

mबथब mभतचय जयकउष्तब
िविद्यालयका प्रबन्धक निर्देशक धुर्वराज कडायतले हेमालाई कक्षा ६ देखी १२ सम्म पुर्ण छात्रवृत्तिमा शिक्षा प्रदान गरिने बताए । उनले हेमाका बुवाको निधन हुँदा आर्थिक अभावका कारण शिक्षा आर्जनबाट बञ्चित हुने अवस्था आएको भन्ने थाहा पाएपछि विद्यालयका तर्फबाट सहयोग गरिएको बताए । उनले कुनै पनि बालबालिकाहरुले आर्थिक अभावकै कारण शिक्षा बाट बञ्चित हुनुपर्ने अवस्था आउनुहुदैन भन्ने सोचका साथ हेमालाई अध्यापन गराउने जिम्मा लिएको समेत बताए ।

हेमाका बुवा कृष्णानन्द बडु विगत ४ वर्षदेखी वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका थिए । उनको २०७९ साल कार्तिक ६ गते रहस्यमय निधन भएको थियो । बुवा बैदेशिक रोजगारीमा छदाँ गुणस्तरिय पढाईका लागि आमासँग तराई झरेका हेमा र उनका दाई प्रेम राज बडु बुवाको निधन भएपछि भने आर्थिक अभावका कारण पढाई छाड्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन ।