Close This

 बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ

शनिबार चैत ३, २०८०/ Saturday 03-16-24
Paschim Today

धनगढीः कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका लागूऔषध मुद्दामा १६ दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ बस्ने महेशबहादुर पुजारा, वन मुद्दामा ९० हजार ७३५ जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने करन चौधरी र आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका घोडाघोडी नगरपालिका–९ का राजेश बि.क. रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।


उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका(१० बस्ने ६२ वर्षीय शेरबहादुर बुढालाई शुक्रवार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरले २०५७ पुस २० गतेको फैसलाले कुटपिट मुद्दामा ४२२ जरिवाना ठहर भई फरार रहेका थिए। उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।