Close This

प्रेम अस्वीकार गरेको भन्दै बाटो ढुकेर रूपेन्द्रले गरेका थिए सुष्माको हत्या

आइतबार चैत ४, २०८०/ Sunday 03-17-24
Paschim Today

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की १८ वर्षीया सुष्मा लामाको शव गाडिएको अवस्थामा गत फागुन २४ गते साँझ फेला पर्‍यो। शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र ९तारेभिर नजिकै० स्थानीयले गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हत्या गरेर सुष्माको शव जंगलमा गाडिएको थियो। सुष्माको हत्या आरोपमा गोकर्णेश्वर ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्ध र डिएसपी अनिल घिमिरे नेतृत्वको टोलीले यो घटनामा अनुसन्धान गरेको थियो। पक्राउ परेका रूपेन्द्रले आफू बच्नका लागि प्रहरीलाई नै रनभुल्लमा पार्न अनेक हर्कत गरेको अनुसन्धानमा संलग्न डिएसपी घिमिरे बताउँछन्।

गत माघ २२ गते घरबाट कलेज हिँडेकी सुष्मा त्यसदिन फर्किइनन्। उनी बुढानिलकण्ठस्थित एक विद्यालयमा कक्षा १२ मा पढ्थिन्। तारेभीर बस्ने उनी हिँडेरै कलेज आउजाउ गर्थिन्। कहिले एक्लै जान्थिन्, कहिले साथीहरू भेटिन्थे।

कलेजबाट फर्किएर उनी गाईबस्तु चराउन र घाँस काट्न जाने गर्थिन्। सुष्मा बस्ने घर नजिकै रूपेन्द्रको घर छ। गाईबस्तु चराउन र घाँस काट्न छिमेकी रूपेन्द्र पनि प्रायस् सँगै जाने गर्दथे। 

रूपेन्द्रले केही समयअघि कक्षा १२ उत्तीर्ण गरे। उनले कम्प्युटर तालिम लिँदै आएका थिए। पछिल्लो समय उनी घरमै बस्थे। छिमेकी र घुलमिल भए पनि सुष्मा र रूपेन्द्र फेसबुकमा साथी भने थिएनन्। उनीहरूको भेट- गाईबस्तु चराउँदा र घाँस काट्न जाँदा हुन्थ्यो।

रूपेन्द्रले सुष्मालाई मन पराउन थालेका थिए। उनले विगत आठ महिनादेखि सुष्मालाई 'एकतर्फी प्रेम' गरेका थिए। प्रहरी अनुसन्धानका क्रममा रूपेन्द्रले आफूले सुष्मालाई मन पराएको र पटक(पटक विवाहको प्रस्तावसमेत राखे पनि अस्वीकार हुँदै आएको बताएका थिए।

‘पटक(पटक प्रेम प्रस्ताव अस्वीकार गरेपछि रूपेन्द्रले सुष्माको हत्या योजना बुनेको देखिन्छ,’ अनुसन्धानमा खटिएका डिएसपी घिमिरेले भने, ‘हत्या गर्न ८ दिनअघिदेखि नै योजना बनाएका रहेछन्।’ 

सुष्मालाई घरदेखि विद्यालय पुग्न करिब सवा घन्टा लाग्थ्यो। रूपेन्द्रलाई यो बाटो थाहा थियो। सुष्मालाई हत्या गर्ने योजना बनाएर रूपेन्द्र तारेभिरको जंगलमा ढुकेर बस्न थालेका थिए। 

सुष्मा कहिले साथीहरूसँग हुन्थिन् त कहिले कलेज नै गएको दिन पर्दथ्यो। माघ २२ गते भने रूपेन्द्रले सुष्मालाई एक्लै फेला पारे। त्यसदिन पनि रूपेन्द्रले सुष्मालाई प्रेम प्रस्ताव राखेका थिए तर सुष्माले 'अहिले प्रेम गर्दिनँ, विदेश जान्छु' भनेकी थिइन्।

सुष्माले लगातारको प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै रूपेन्द्रले उनको घाँटीमा अठ्याए। ‘बेहोस भएकी सुष्मालाई १० मिटर तलसम्म बोकेर लगेको देखिन्छ। सुष्माले लगाएको टाइ र जुत्ताको तुनाले उनको घाँटी कसेर हत्या गरेको देखिन्छ,’ डिएसपी घिमिरेले भने।

त्यसपछि रूपेन्द्रले सुष्माले लगाएको बेल्टले उनको हात बाँधेका थिए। 

‘सुष्माको हत्या गर्ने र शव खाल्डोमा गाड्न रूपेन्द्रले तीन-चार दिनदेखि झोलामा कुटो बोकेर पनि हिँडेका रहेछन्। उनले आधा घन्टा लगाएर खाल्डो खनेर सुष्माको शव गाडेको बयान दिएका छन्,’ उनले भने।

घटनास्थल सुष्माको घरदेखि करिब २० मिनेट टाढा थियो।

time-1710666941.JPGमृतकको घरबाट विद्यालयसम्मको समय र घरबाट घटनास्थलसम्म लाग्ने समय।
 

सुष्मालाई हत्‍या गरेपछि रूपेन्द्रले मोबाइल र किताब साथमै लगे। रूपेन्द्रले सुष्माको फोनको दुरूपयोग गरी आफन्त र प्रहरीलाई अलमलमा राख्ने प्रयास गरेका थिए। 

रूपेन्द्रले सुष्माको फेसबुक पनि चलाएर 'सुष्मा मंगोलियनु आइडीबाट एउटा फोटो पनि पोस्ट गरेका थिए। ‘उनले विवाह गरेकोजस्तो देखिने फोटो पनि पोस्ट गरेका थिए। पुरूषको अनुहारमा इमोजी राखे र सुष्माको अनुहार प्रष्ट नदेखिने बनाएका रहेछन्,’ उनले भने।

सुष्माको फेसबुकमा रूपेन्द्रले- 'सरी सबैलाई, म तीन दिनमा आउँछु' भन्ने पनि पोस्ट गरेका थिए। फोटो सार्वजनिक भएपछि सुष्माको परिवारलाई छोरीले विवाह गरेको भन्ने लाग्यो। तर पत्यार नलागेर माघ २५ गते सुष्मा हराएको भन्दै प्रहरी वृत्त बौद्धमा निवेदन पनि दिए।

प्रहरीमा निवेदन दिएको भन्ने हल्लाखल्ला भयो। त्यसपछि भने रूपेन्द्रले पुनस् सुष्माको फोनबाट उनकी दिदी बिन्दा तामाङलाई मेसेज गरेका थिए।

‘किन के-को पुलिस रिपोर्ट गरेको? म तीन दिनमा आउँछु भन्दा भन्दै कस्तो मान्छे रैछ'। अब आउँछु भन्ठानिरा होला, अब मलाई बच्चा पनि भइसक्यो होला, हामीलाई जेलमा हालेर के पाउँछौंरु अबबाट टाढा गएर बस्ने हो, कसैले चिन्ता लिनु पर्दैन हाम्रो,’ उनले यस्तो मेसेज पठाएका थिए।

एकातिर उनले आफन्तलाई रन्नभुल्लमा पारे भने घटनास्थलमा पुगेर पनि पटक(पटक ुरेकी गरिरहन्थेु। सुष्माको फेसबुक आइडी डिएक्टिभेट गरेका थिए भने फोन पनि अफ गरेका थिए। सुष्मा हराएको एक महिनापछि फागुन २४ गते साँझतिर स्थानीयले जंगलमा मानिसको हात देखे। त्यसपछि प्रहरीलाई खबर गरेका थिए।

सुष्माका परिवारलाई प्रहरीले घटनास्थलमै बोलाएर सनाखत गराएको थियो। सुष्माको साथमा रहेको घरको चाबीबाट मृतककी आमाले शव सनाखत गरेकी थिइन्।

त्यसपछि प्रहरी रूपेन्द्रको घरमा पुगेको थियो। उनको घरबाट सुष्माका कापी, किताब र मोबाइल बरामद भएको थियो। प्रहरीले उनीसँग बयान लिएर घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। 

‘रूपेन्द्र घरमै थिए, भागेका रहेनछन्,’ डिएसपी घिमिरेले भने, ‘सुष्माको फोन र किताबलगायत बरामद गरियो।’ यस घटनामा थप अनुसन्धानका लागि रूपेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। -सेतोपाटीबाट

crime-scene-of-sushma--1710666989.jpg शव गाडिएको खाल्डो।