Close This

कृष्णबहादुर महरा सीआईबीको नियन्त्रणमा

सोमबार चैत ५, २०८०/ Monday 03-18-24
Paschim Today

माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आज रूपन्देहीबाट नियन्त्रणमा लिइएको हो । महरालाई भैरहवा बिमानस्थलबाट यतिएयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ ।

 

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।