Close This

रुसको कन्सर्ट स्थलमा गोली चल्दा कम्तीमा ६० जनाको मृत्यु

शनिबार चैत १०, २०८०/ Saturday 03-23-24
Paschim Today

काठमाडौं । रुसको मस्कोको उत्तरपश्चिममा रहेको क्रोकस सिटी हल कन्सर्ट स्थलमा शुक्रवार भएको गोलीकाण्डमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । साथै एक सय १५ जना भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रुसी संघीय सुरक्षा सेवाले यसबारेमा जानकारी गराइएको हो ।

घटनास्थलमा उद्धारका लागि प्रहरी,सवारीसाधन, दमकल र एम्बुलेन्सहरू पुगेका छन् । भवनको आगो अझै नियन्त्रणमा नआएको बताइएको छ । रूसी संस्कृति मन्त्रालयले आजका लागि संघीय सांस्कृतिक संस्थाहरूमा हुने सबै सामूहिक र मनोरन्जन कार्यक्रमहरू रद्ध गर्ने घोषणा गरेको छ ।